प्रदेश खेलकुद विकास बोर्डद्वारा १४ जिल्लामा पदाधिकारी नियुक्त

विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाका खेलकुद समितिहरूमा नियुक्त भएका अध्यक्ष र उपाध्यक्षलाई शपथ ग्रहण गराएको छ ।

सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा बोर्ड उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई शपथ गराएका हुन् । खेलकुद विकास बोर्डले बुधबार १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको थियो ।

शपथ ग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङले जिल्ला खेलकुद समितिहरूले पूर्णता पाएसँगै प्रदेश १ को खेलक्षेत्रले फड्को मार्ने बताए । लामो समयदेखि प्रदेश खेलकुद विकास बोर्डले पूर्णता नपाउँदा जिल्लाहरुमा खेलकुदका गतिविधिहरू हुन सकेको थिएन ।

लामो समयदेखि नेतृत्वविहीन खेलकुद समितिहरूमा नयाँ नेतृत्व चयन गरिनु महत्वपूर्ण उपलब्धि भएको खेलकुद विकास बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *