मुख्यमन्त्री शाक्यको कार्यकाल ७ दिन लम्बियो

प्रदेश सभा बैठक स्थगित

काठमाडौँ । बागमती प्रदेश सभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका साथ बोलाइएको बैठक बिनाप्रक्रिया स्थगित भएको हो । अब अर्को बैठक कात्तिक १० गते बस्नेछ ।

उक्त बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनेछन् । आजको बैठकमा दलका नेताहरूले आ-आफ्नो भनाइ मात्रै राखेका थिए । आजको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भनिएपनि उनले विश्वासको मत लिइनन् ।

सत्तारुढ एमालेले भने यसअघि नै बैठक रोक्न आग्रह गर्दै प्रदेश सभा सचिवालयलाई पत्र लेखेको थियो । तर, सभामुख सानुकुमार श्रेष्ठले बैठक रोकेनन् । आजको बैठकमा विश्वासको मतबारे प्रक्रिया अगाडि नबढेसँगै मुख्यमन्त्री शाक्यले कार्यकाल थप ७ दिन लम्बिएको छ ।

शाक्यले गत असोज २४ गते नै प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरिसकेकी छन् । संविधानतः उनले १ महिनाभित्र विश्वासको मत लिनुपर्थ्यो । तर, अहिलेसम्म लिएकी छैनन् । शाक्य मुख्यमन्त्री बनेको २ महिना २ दिन भइसकेको छ भने अल्पमतमा परेको ३९ दिन बितेको छ ।

प्रदेशमा अब एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दैछन् । उनलाई मुख्यमन्त्री बनाउने सहमति विपक्षी गठबन्धनले गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *