ओली-करिश्माबीच भेट : राजनीतिदेखि चलचित्र उद्याेगसम्मका कुरा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओली र अभिनेत्री करिश्मा मानन्धरबीच भेटघाट भएको छ । मानन्धर ओलीलाई भेट्न बुधबार साँझ बालकोट पुगेकी थिइन् । भेटमा उनीसँगै कलाकार जितु नेपाल ‘मुन्द्रे’ समेत थिए ।

यसअघि ओलीले मानन्धरलाई फोनमार्फत भेट्न बोलाएका थिए । उनले ओलीलाई आफ्नो परीक्षा चलिरहेको र परीक्षापछि भेट्ने बचन दिएकी थिइन् । सोहीअनुरूप अभिनेत्री मानन्धरले ओलीलाई भेटेकी हुन् ।

भेटमा ओलीले अभिनेत्री मानन्धरलाई १२ कक्षा सकेकोमा शुभकामना दिए भने राजनीतिदेखि चलचित्र उद्योगको विषयमा कुराकानी भएको थियो । ओलीले आफू मानन्धरको अभिनयको प्रशंसक रहेको बताएका थिए ।

यस्तै मानन्धरले ओलीलाई ‘कमेडी क्लब’ मा निम्तो दिएकी थिइन् भने जवाफमा ओलीले आफू अतिथितको रूपमा कुनै दिन आउने बचन दिएका थिए ।

ओली–करिश्माबीच पार्टी प्रवेशको विषयमा भने कुराकानी भएन । ‘क्याज्यूअल भेटघाट हो,’ भेटघाटमा सहभागी कलाकार नेपालले भने, ‘त्यस विषयमा कुराकानी भएन । अन्य रमाइलो कुरामै भुलियो । त्यस्तो माहोल नै बनेन ।’

यसअघि मानन्धरले आफूलाई ओलीले फोन गरेको भन्दै दुईपटक आफ्नो आधिकारिक फेसबूकमार्फत तस्बिर सार्वजनिक गरेकी थिइन् । जसका कारण उनी विवादमा समेत तानिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *