एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ ।  नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।  ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज (बिहीबार) दिउँसो ३ बजे बैठक बोलाइएको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार बैठक राष्ट्रिय महाधिवेशनसँगै वर्तमान राष्ट्रिय राजनीति र बाढी/पहिरोलगायतका विषयमा छलफल हुनेछ ।

यस्तै राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल गर्ने पनि एजेन्डा छन्।एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ । एमालेको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *