जावा मोटरसाइकलको डिलर वीरगञ्जमा विस्तार

काठमाडौँ । क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले प्रतिमा चोक, वीरगन्जमा आफ्नो नयाँ डिलर नयाँ डिलर एसआर मोटोकर्पको स्थापनासँगै सुसज्जित र पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज र सुर्खेत का विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो ।

सोरुमको उद्घाटनमा बोल्दै एसआर मोटोकर्पका प्रबन्ध निर्देशक रवीन्द्र श्रेष्ठ वीरगन्ज क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लागि क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा निकै उत्साहित भएको बताए ।

उनले भने, “हाम्रो थातथलोमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउँदा हाम्रा लागि गर्वका कुरा हो । हाम्रो वीरगन्ज र यस वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौँ । जावा एक प्रमाणित र प्रतिष्ठित ब्रान्ड हो, यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा म धेरै आशावादी छु कि उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा वीरगन्जमा हाम्रा ग्राहकहरूबीच तत्काल हिट हुने म विश्वस्त छु ।”

कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा प्रतिमा चोक, वीरगन्ज र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का लागि  ९८०२९३५०४० डायल गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *