नेपाली फुटबल टिम स्वदेश फर्कियो, स्वागत गर्न मन्त्री गहतराज विमानस्थलमा
२०७८ कार्तिक १ गते

काठमाडौँ । साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोली केहीबेर अघि त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।
टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज विमानस्थल पुगेका छन् ।
मन्त्री गहतराजले प्रतियोगितामा नेपालले गरेको प्रदर्शन सन्तोषजनक रहेको भन्दै सरकारको तर्फबाट खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
२०७८ कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित








