नेपाली फुटबल टिम भोलि स्वदेश फर्किने, खेलाडीको भव्य स्वागत गर्न प्रशिक्षक अलमुतारीको आग्रह

काठमाडौँ । साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रीय फुटबल टिम सोमबार (भोलि) बिहान स्वदेश फर्किने भएको छ । नेपाली टोली सोमबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

राष्ट्रिय फुटबल टोलीले आइतबार नै माल्दिभ्स छाड्ने र हवाईमार्गबाट कतारको दोहा हुँदै सोमबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

यसैबिच नेपाली टिमको भव्य स्वागत गर्न टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आग्रह गरेका छन । नेपाली टिमको प्रदर्शनमा गर्व गर्ने र फेरि फेरि पनि यस्तै प्रदर्शन गर्न हौसला दिने हो भने टिमलाई स्वागत गर्नुपर्ने उनको भनाइ छ ।

फुटबलको बिकासमा कोच, फुटबल सङ्घ भन्दा पनि खेलाडीलाई जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =