चेल्सी शीर्ष स्थानमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले ब्रेन्टफोर्डलाई पराजित गरेको थियो । गएराती सम्पन्न खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा बेन चिलवेलले खेलको ४५औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि चेल्सी लिगको शीर्ष स्थानमै रहेको छ । चेल्सीको ८ खेलमा १९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै ब्रेन्टफोर्डको ८ खेलमा १२ अङ्क रहेको छ र अङ्क तालिकामा सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *