आईपीएल २०२१ : हर्षललाई तेहेरो पुरस्कार, कोहलीको एक रनलाई ४ लाख १९ हजार !

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल को १४ औँ सिजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । ९ पटक फाइनल पुगेर चौथो पटक उपाधि जितेको चेन्नईले ट्रफीका साथमा २० करोड भारतीय रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता कोलकाताले १२.५ करोड भारु प्राप्त गर्‍यो ।

यस्तै फाइनलमा म्यान अफ द म्याच बनेका चेन्नइका ओपनर फाफ डुप्लेसिसले ५ लाख भारु प्राप्त गरे । प्रतियोगिताभरि सर्वाधिक विकेट लिने रोयल च्यालेन्जर्स बेँग्लोरका हर्षल पटेलले १० लाख पुरस्कार हात पारे । उनी ‘गेम चेन्जर अफ द सिजन’ र ‘मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन’को अवार्डपनि जिते। यि सबै अवार्डका लागि उनले थप १०-१० लाख प्राप्त गरे ।

सर्वाधिक रन बनाउने चेन्नईका ऋतुराज गायकवाडले ‘ओरेन्ज क्याप’ सहित १० लाख प्राप्त गरे ।  उनले १६ खेलमा ६३५ रन बनाए । दोस्रो सर्वाधिक धेरै रन बनाउने खेलाडीमा उनका ओपनिङ पार्टनर फाप डुप्लेसीस रहे । उनले ६३३ रन बनाए ।

विराट सर्वाधिक महँगा खेलाडी

आईपीएलमा सर्वाधिक महँगा खेलाडी विराट कोहली हुन् । आरसीबीका कप्तान कोहलीले फ्रेन्चाइजमा एक सिजनको कुल १७ करोड प्राप्त गर्नेछन् ।

विराटले यो सिजन ४०५ रन बनाए। यो हिसाबले उनको एक रनलाई ४ लाख १९ हजार पर्न गएको छ।

सर्वाधिक महँगा ८ खेलाडीमा धोनीमात्र बने फाइनलिस्ट

यस पटकको आईपिएलमा ८ महँगा खेलाडीमा ७ खेलाडी १५ करोड भन्दा बढी कमाउने थिए । जसमा आठौँ नम्बरमा ग्लेन म्याक्सवेल रहेका थिए । उनले १४.२५ करोड पाएका थिए ।

८ खेलाडीमा चार ब्याट्सम्यान तथा चार खेलाडी अलराउन्डर थिए । चार ब्याट्सम्यानमा विराट कोहली (१७ करोड) तथा ऋषभ पन्त (१५ करोड)  ले ४०० बढी रन बनाए । १५-१५ करोड नै पारिश्रमिक पाएका रोहित शर्मा तथा महेन्द्र सिंह धोनीको ब्याटिङ प्रदर्शन राम्रो रहेन ।

रोहितले ३०० बढी रन बनाउँदा धोनीले १५० को आँकडा पनि छोएनन् । अलराउन्डर ग्लेन म्याक्सवेलले ५०० भन्दा बढी रन बनाए भने ३ विकेट लिए । त्यस्तै क्रिश मोरिसले १५ विकेट लिँदा ६३ रन बनाए ।

 काइल जेमिसनले ९ विकेट लिए। उनलाई आरसीबीले १५ करोड खर्च गरेको थियो । केकेआरका प्याट कमिन्सले दोस्रो चरण खेलेनन् । पहिलो लिगमा उनले ७ खेलमा ७ विकेट लिँदै ९३ रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *