शास्त्रीले छोडेपछि द्रविड प्रशिक्षक

काठमाडाैँ । टी-२० विश्वकप पछि न्युजिल्यान्डको टिम भारत भ्रमणमा आउने कार्य तालिका रहेको छ । यो सिरीजमा भारतीय टिमको प्रशिक्षकको भूमिकामा पूर्व क्रिकेटर तथा प्रशिक्षक राहुल द्रविड पुन प्रशिक्षकको रूपमा देखिने भएका छन् ।
राहुल द्रविडले यसअघि श्रीलङ्का भ्रमणमा पनि टिमको कप्तानी गरेका थिए । विश्वकप पछि वर्तमान प्रशिक्षक रवि शास्त्रीले भारतीय टिमको प्रशिक्षकको जिम्मेवारी छोड्ने छन् । इनसाइड स्पोर्टसका अनुसार विसिसिआईले द्रविड सँग कुरा गरेको र न्युजिल्यान्डको टिम भारतमा रहँदा उनी प्रशिक्षकको रूपमा रहने छन् ।
यद्यपि दक्षिण अफ्रिका सिरीजमा भने कसले प्रशिक्षण गर्छ तय हुन सकेको छैन । द्रविड भने अन्तरिम प्रशिक्षकको रूपमा रहँदा भारतले नयाँ प्रशिक्षकको खोजी भने जारी राख्ने छ । राहुल आफै पनि लामो समयको लागि प्रशिक्षक बन्न तयार छैनन् । उनीसँग विसीसीआईले आग्रह गरे पनि उनले लामो समयका लागि प्रशिक्षक बन्न अस्वीकार गरेको र यदि न्युजिल्यान्ड भ्रमण पछि सम्म प्रशिक्षकको तय हुन नसके उनलाईनै दक्षिण अफ्रिका विरुद्धको सिरीजका लागि आग्रह गर्ने बिसीसीआईले बताएको छ ।
शास्त्री २०१७ यता प्रशिक्षक
भारतका वर्तमान प्रशिक्षक रवि शास्त्रीले २०१७ यता भारतीय टिम हेरिरहेका छन्। उनीसँगै ब्याटिङ प्रशिक्षकका भरत अरुण तथा फिल्डीङ प्रशिक्षकमा आर.श्रीधरको पनि कार्यकाल सकिने छ ।
यी तीनै जनाको कार्यकाल २०१९ मा सकिएको थियो । त्यसपछि टी-२० विश्वकप सम्म लम्ब्याइएको थियो । त्यसपछि कार्यकाल सकिने छ । प्रशिक्षक रवि शास्त्री तथा कप्तान विराट कोहलीको कम्बिनेशन निकै राम्रो रहेको छ । भारतीय टिमले विदेशी भूमिमा टेस्टमा राम्रो नतिजा निकालेको छ । अस्ट्रेलियालाई हराएर भारतले सिरिज जित्यो भने इंग्ल्यान्ड विवरुद्धको सिरिज पनि बराबरी गर्न सफल रह्यो ।
त्यस्तै टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । तर फाइनलमा न्युजिल्यान्डसँग पराजित भयो । शास्त्रीले आफ्नो प्रशिक्षण करिअरमा ४३ टेस्टमा २५ मा जित निकालेका थिए । त्यस्तै ७२ एकदिवसिय खेलमा ५१ खेलमा जित निकाल्दा ६० टी-२० खेलमा ४० जित आत्मासाथ गरेका छन् ।








