बलिउड अभिनेत्रीद्वय नोरा र ज्याकलिनमाथि ठगी मुद्दामा अनुसन्धान

काठमाडौँ । बलिउड अभिनेत्रीद्वय नोरा फतेही र ज्याकलिन फर्नान्डेजमाथि ठगी मुद्दामा अनुसन्धान हुने भएको छ । उनीहरूलाई भ्रष्टाचारविरुद्ध सरकारी निकाय प्रवर्तन निर्देशनालयले उनीहरूलाई अनुसन्धानका लागि बोलाएको हो । भारतीय न्यूज पत्रिका अमरउजालाले लेखेअनुसार उनीहरूमाथि अनुसन्धान हुने भएको हो ।

नोरा हालै निर्देशनालयको कार्यालयमा अनुसन्धानका लागि जाँदै गरेको तस्बिरसमेत सार्वजनिक भएको छ । ज्याकलिन भने शुक्रबार मात्रै कार्यालयमा उपस्थित हुने समाचारमा जनाइएको छ ।

ठगी मुद्दामा पक्राउ परेका कलाकार सुकेश चन्द्रशेखर र लिना पलसँग फतेही र फर्नान्डेजको सम्बन्ध हुनसक्ने भन्दै अनुसन्धान गर्न थालिएको हो । चन्द्रशेखर र लिना यसअघि नै २०० करोड ठगी र फिरौती मुद्दामा पक्राउ परिसकेका छन् ।

सोही मुद्दामा अभिनेत्रीद्वयको हात हुनसक्ने आशंका गर्दै उनीहरूमाथि पनि अनुसन्धान गर्न थालिएको हो । चन्द्रशेखर र लिनालाई फोर्टिस हेल्थकेयरका प्रमोटर शिविन्दर सिहंको परिवारबाट करिब २०० करोड रुपैयाँ ठगी गरेको आरोपमा दिल्ली प्रहरीले गिरफ्तार गरेको थियो ।

चन्द्रशेखर यसअघि पनि अन्य थप्रै मुद्दामा मुछिएका छन् । १७ वर्षको उमेरदेखि नै आपराधिक गतिविधमा सक्रिय उनीमाथि दजृनौँ मुद्दा परेका छन् । उनलाई हाल नयाँदिल्लीस्थित रोहिणी जेलमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *