नेपाली फुटबल टिमलाई डा. शेखर कोइरालाको बधाई

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गरेका छन् । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

बिहीबार नेता कोइरालाले सामाजिक सञ्जालमार्फत नेपाली टिमलाई बधाई दिएका हुन् । ‘माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाली फुटबल टोली पहिलोपटक साफ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकोमा सम्पूर्ण खेलाडी एवं प्रशिक्षकलाई बधाई तथा शुभकामना,’ उनले लेखेका छन् ।

नेपालले उपाधिका लागि अब भारतसँग प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आगामी शनिबार साँझ पौने ९ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *