साफ च्याम्पियनसीपसँगै पद छाड्ने अलमुताइरीको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जारी साफ च्याम्पियनसीपपछि पद त्याग गर्ने जनाएका छन् । बुधबार ऐतिहासिक रुपमा नेपाल साफको फाइनल प्रवेश गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले साफपछि नेपाल नफर्कने बताएका हुन् ।

उनले एक महिनाअघि नै राजीनामा दिएपनि अब लागू गर्ने जानकारी दिए । उनी पछिल्लो समय मैदानबाहिरको राजनीतिमा मुछिएका थिए । तर उनकै प्रशिक्षणमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेपछि पुनः उनले एकपटक प्रशिक्षण त्याग्ने घोषणा गरेका हुन् ।

यो पनि : बंगलादेशको अग्रता, रेडकार्ड र विवादास्पद पेनाल्टीमा नेपालको भाग्य

‘मैले साफ च्याम्पियनसीपमा इतिहास बनाए, एसिया कपमा छनोट गराएँ । अहिले नेपालले मात्र होइन‚ दक्षिण एसियाले नै नेपाली टिमसँग गर्व गर्ने अवस्था छ‚’ उनले थपे‚ ‘अब हुने फाइनल खेल नेपाली राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ । त्यसपछि म नेपाल फर्किन्न ।’

अलमुताइरीकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाल फाइनल पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *