बंगलादेशविरुद्ध नेपालको सुरुवाती–११ को घोषणा

काठमाडौं । बंगलादेशविरुद्धको खेलका लागि नेपालले सुरुआती-११ को घोषणा गरेको छ । माल्दिभ्सको राजधानी मालेमा भइरहेको साफ च्याम्पियनसिप फुटबलअन्तर्गत बंगलादेशविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन् ।

खेल दिउँसो पौने पाँच बजेबाट सुरु हुनेछ । अघिल्लो खेलमा भारतसँग १-० को अन्तरमा पराजित भएपछि नेपाललाई यो खेल जित्नैपर्ने अथवा बराबरीमा खेल टुंग्याउनुपर्ने दबाब छ ।

यो पनि : भारतसँगको हारले बढाएको ढुकढुकी

यदि बंगलादेशसँग बराबरी वा जित निकालेमा नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुग्नेछ ।

सुरुवाती-११ मा परेका नेपाली खेलाडीहरू –

गोलकीपर- किरण चेम्जोङ

डिफेन्डर – अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुजल श्रेष्ठ

मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द

फरवार्ड – अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *