रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित

काठमाडौँ । युरोपको विश्वकप फुटबल छनौट अन्तर्गत पोर्चुगलले लक्जेम्बर्गलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न समूह ए अन्तर्गतको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । रोनाल्डोले खेलको ८औँ, १३औँ र ८७औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । यो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलमा १०औँ ह्याट्रिक हो । योसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोल सङ्ख्या ११५ पुगेको छ । रोनाल्डोले १८२ खेलमा ११५ गोल गर्दै सबै भन्दा बढी गोल गर्ने खेलाडीको रूपमा अगाडी बढाएका छन् ।

त्यस्तै पोर्चुगलको जितमा ब्रुनो फेर्नानडेज र जोआओ पाल्हिन्हाले एक एक गोल गरेका थिए । यो जितपछि पोर्चुगलको समूह ए मा ६ खेलमा १६ अङ्क रहेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ । यस समूहमा सर्बिया ७ खेलमा १७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै लक्जेम्बर्गको ६ खेलमा ६ अङ्क रहेको छ र समूहमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *