डेनमार्क विश्वकपमा छनोट

काठमाडौँ । डेनमार्क २०२२ को कतार विश्वकपका लागि छनौट भएको छ । युरोपको विश्वकप छनौट अन्तर्गत समूह एफ अन्तर्गत गएराती अस्ट्रियालाई १-० ले पराजित गर्दै डेनमार्क विश्वकपमा छनौट भएको हो ।

अस्ट्रियाविरुद्धको खेलमा खेलको ५३औँ मिनेटमा जोकिम माहेलले गरेको गोल नै निर्णायक गोल बनेको थियो । यो जितपछि डेनमार्क ‘एफ’ मा ८ खेलबाट २४ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । यो नतिजासँगै विश्वकप छनौटका दुई खेल खेल्नुअघि नै छनौट भएको छ ।

योसँगै डेनमार्क युरोपबाट जर्मनीपछि विश्वकपमा छनौट हुने दोस्रो देश बनेको छ । त्यस्तै अस्ट्रियाको भने ८ खेलमा १० अङ्क छ र समूहमा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *