चाडबाडमा स्वास्थ्यमा यसरी ध्यान दिऊँ

चाडबाड शुरु भएसँगै हामीले विशेष स्वास्थ्यमा ध्यान दिनुपर्नेमा विज्ञहरूको सुझाव दिएका छन् । चाडबाडमा अन्य समय भन्दा खानपानमा विशेष जोड रहने भएकाले खाने कुरामा सावधानी अपनाउँदै चाडबाड मनाउनका लागि आग्रह गरेका हुन् ।

दसैंलाई समग्रमा खानपानको चाड पनि भन्ने गरिन्छ । आफन्त भेटघाट हुने अनि मिठो, मसिनो, नौलो चिजहरू खाने र रमाइलो गर्ने चलन पनि छ । खानपानको चाड भएपनि खानपानमा विशेष ध्यान दिइएन र स्वास्थ्य अवस्था बिग्रियो भने चाड खल्लो हुने भएकाले सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ तथा टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले सुझाव दिएका छन् ।

अन्य समयमा नियन्त्रित भएर खाने गरेपनि यो चाडबाडको बेलामा खाने कुरामा अनियन्त्रित भएर खाने गरेकाले पनि कहिलेकाहीँ समस्या उत्पन्न पनि हुन सक्ने डा पुनले बताए । सरुवा रोग लाग्ने सम्भावना पनि हुने उनको भनाई छ । त्यसैले धेरै मानिस बसेर खाना खादा स्वस्थ छैन भने बासी खानाहरू धेरै दिन पहिले पहिले बनाएर राखेका खानाहरू खाइरहेका छौँ र पानी पनि सफा छैन भने त्यस्तो अवस्थामा झाडापखाला फैलन सक्ने उनको भनाई छ ।

त्यसैले खानामा ध्यान पुर्‍याउनुपर्नेमा आग्रह गर्दै डा पुनले यस्ता उदाहरणहरू पनि धेरै भएको बताए । अमिलो, पिरो, गुलियो, चिल्लो पदार्थ, मसलादार भएका खानेकुराहरू मिठो हो भनेर खाने चलन छ । यसले विभिन्न खालका मानिसलाई असर गर्ने उनको भनाई छ । यी खाने कुराहरूबाट धेरैभन्दा धेरै मानिसहरू सुगर, ब्लड प्रेसर, युरिक एसिड ,ग्यास्ट्रिकका समस्या लिएर बसेका छन् ।

डा. शेरबहादुर पुन। फाइल फोटो

पछिल्लो समय विभिन्न खालका समस्या भएका मानिसहरू लगभग एउटा घरबाट एउटा मानिस यस्ता समस्या भएका भेटिने पुनले जानकारी दिए । यस्तो अवस्थामा धेरै नुनिलो खादा प्रेसर भएका बिरामीहरू अस्पताल पुगेका साथै सुगरका बिरामीहरूमा पनि मिठाई बढी खादा मधुमेह बढ्नाले यस्तो कुरामा ध्यान दिन आग्रह गरे । यो बेलामा मासुहरू प्रशस्त खाने भएकाले युरिक एसिडलगायत जोन दुख्ने समस्याबाट ग्रसित भएको पाइने उनको भनाई छ ।

पहिलेदेखि नै पेटका समस्या भएकाहरूले आफ्नो रोग थाहा नपाई नयाँ-नयाँ खानेकुराहरू धेरै खाने भएकाले पेटका समस्या अझ बढेको पनि उनले बताए । फुडप्वाइजन भएपछि त पखाला लाग्ने, बान्ता हुने यस्तो अवस्था छ । चाडबाडको बेलामा खानेकुरामा ध्यान दिनुपर्दछ भन्ने त लाग्छ तर पनि एक दिन त हो भन्दै धेरै खादा स्वास्थ्य बिग्रन सक्ने भएकाले सावधानी अपनाउन उनको सुझाव छ ।

चाडबाडमा नेपाली संस्कृतिमा अल्कोहल (मदिरा)को पनि प्रयोग हुने भएकाले मानिसहरू एकदिन त हो भन्दै धेरै खाने बानीले पनि स्वास्थ्य असर पार्न हुन सक्ने हुन्छ । विभिन्न रोगहरूका लागि पनि अल्कोहल राम्रो मानिँदैन । मानिस जम्मा भएर धेरै परिकार बनाएर खाने, त्यही खाने कुरा धेरै दिनसम्म खाने यस्तो अवस्थामा विभिन्न सङ्क्रामक रोग तथा सर्ने/नसर्ने दुवै रोग यस्तो अवस्थामा देखिने गरेको डा पुनले बताए ।

सुरक्षित र स्वस्थ चाडबाड मनाउन खाने कुराहरू ल्याउँदा एकैपटक धेरै बासी हुने गरेर नल्याउने, मासुहरू बनाउँदा पनि एकै पटक बनाएर धेरै दिन सम्म त्यही खाने चलन त्यस्तो नगर्ने, र फुडप्वाइजनको समस्यादेखि अन्य समस्या बाट बच्ने । यस्तो बेलामा पेटका समस्याहरू अझ बढी देखिने भएकाले ध्यान दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *