मुगुमा बस दुर्घटना‚ २२ को मृत्यु

पोखरा । मुगुको जे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको  यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

क्षतिको पूर्ण विवरण आई नसकेको र प्रहरी उद्धारकार्यमा खटिरहेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । उद्धारका लागि सुर्खेतबाट पनि हेलिकोप्टर जाने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *