अन्जु बुढाथोकी बनिन् दसैं क्विन-२०७८ को विजेता

काठमाडौँ । काठमाडौँमा आयोजित दसैं क्विन-२०७८ को विजेता व्यवसायी तथा समाजसेवी अन्जु बुढाथोकी बनेकी छन् ।

त्यसैगरी फर्स्ट रनरअप ब्युटिसियन गीता मगर र सेकेन्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर भएका छन् । लायन्स क्लब अफ काठमाडौँ अभियान तथा रोज सीप विकास तालिम केन्द्र रविभवनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा विजेताहरूलाई क्राउन, ट्रफी, मायाको चिनोलगायतका उपहारहरू पाएका थिए ।

वरिष्ठ सौन्दर्यविद् सोनी कारञ्जितको सभापतित्वमा सम्पन्न दसैं क्विन-०७८ मा अतिथिहरूमा लायन रेश्मा श्रेष्ठ, लायन धानु सिंजाली मगर, गेल्मु शेर्पा बुढाथोकी, हरिकृष्ण गिरि, सुन्दर थापा गीतकार सावित्रा चिलुवाल रहेका थिए ।

दसैं क्विन-२०७८ को निर्णायकमा कोरियोग्राफर तथा सञ्चारकर्मी जयान सुब्बा मानन्धर र निर्देशक कलाकार सञ्चारकर्मी सूर्य चन्दले विजेताहरू छनौट गरेका थिए ।

दसैंको शुभकामनासमेत आदान-प्रदान गरिएको उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ अभियानले छोटो समयमा गरेको राम्रो कार्यको प्रशंसासमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन गायिका तथा टेलिभिजन प्रस्तोता बिष्णु माया पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *