जर्मनी कतार विश्वकपमा छनोट हुने पहिलो देश बन्यो

काठमाडौँ । जर्मनी २०२२ को कतार विश्वकपमा छनाेट हुने पहिलो देश बनेको छ । युरोपियन विश्वकप छनौटको समूह जे मा रहेको जर्मनीले गएराती नर्थ मसेडोनियालाई ४-० गोल अन्तरले पराजित गर्दै कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

जर्मनीको जितमा जर्मनीको फराकिलो जितमा वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक गोल गरे ।

समूह जे मा जर्मनीले ८ खेलमा ७ जित र एक हार सहित २१ अङ्क हासिल गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । नर्थ मसेडोनियाको भने ८ खेलमा १२ अङ्क रहेको छ र अङ्क तालिकामा तेस्रो स्थानमा रहेको छ ।

युरोपबाट १३ टिम विश्वकपमा सहभागी हुनेमा जर्मनी पहिलो टिम बनेको छ । कतारमा अर्को वर्ष हुने विश्वकपका लागि अहिले जर्मनी बाहेक आयोजक कतार स्वतः छनाेट भएको छ । अन्य देशहरू छनाेटकै क्रममा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *