बैंगलोरलाई पराजित गर्दै कोलकाता दोस्रो क्वालिफायरमा

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकाता नाइट राइडर्स दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती सम्पन्न एलिमिनेटरको खेलमा कोलकोताले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

बैंगलोरले दिएको १३९ रनको लक्ष्य पछाएको कोलकाताले १९.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।  कोलकाताका लागि शुभमन गीलले २९, वेंकटेश अय्यरले २६ रन बनाएका थिए ।  त्यस्तै नितिश राणाले २० रन बनाए भने सुनिल नारायणले २६ रन बनाएका थिए ।  त्यस्तै हर्षल पटेल, मोहमद सिराजले र युजवेन्द्र चहलले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।  बैंगलोरका लागि विराट कोहलीले ३९ रन बनाए भने देवदत्त पाडिकलले २१ रन बनाए ।  त्यस्तै ग्लेन म्याक्सवेलले १५, एबी डीभिलियर्सले ११, शहबाज आहमदले १३ रन बनाएका थिए ।

त्यस्तै कोलकाताका बलर सुनिल नारायणले ४ विकेट लिए भने लुकी फर्गुशनले २ विकेट लिएका थिए ।  यस हार पछि रोयल च्यालेन्जर्स बैंगलोरको आइपिएल यात्राको यस सिजन समाप्त भएको छ ।  यो जितसँगै कोलकाताले भने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सको सामना गर्ने छ । दोस्रो क्वालिफायर खेल आगामी बुधबार हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *