तनहुँमा चितुवाको आक्रमणले ९ वर्षीया बालिकाको मृत्यु

पोखरा । तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको छ । बन्दिपुर गाउँपालिका- ५ बाहुन भन्ज्याङमा चितुवाले आक्रमण गरेर ९ वर्षीया स्वीकृति थापा मगरको मृत्यु भएको हो ।

चाडवाड लागेपछि तनहुँमा चितुवा आतङ्क बढ्छ । यो वर्ष पनि आक्रमण सुरु गरेको बन्दिपुर गाउँपालिका अध्यक्ष पुर्ण सिंह थापाले जानकारी दिए ।

तनहुँमा चितुवा आक्रमणबाट मात्रै पछिल्लो दुई वर्षमा ११ भन्दा बढीको मृत्यु भएको छ । सयौँ पशुवस्तु मारेको छ ।

चाडबाडका समयमा घरमा बालबालिकालाई एक्लै नछाड्न वन डिभिजन प्रमुख कोमलराज बरालले आग्रह गरेका छन् । उनले घरअघिको झाडी फाँड्न र घर सधैँजसो उज्यालो बनाइराख्न भनेका छन् ।

बढ्दो बसाइँसराईंका कारण अहिले अधिकांश ग्रामीण क्षेत्रमा झाडी र वन क्षेत्र बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *