सरकारी जग्गा अतिक्रमण गर्ने जो कोहीलाई कारबाही हुन्छ : गृह

काठमाडौँ । सरकारले सरकारी जग्गा अतिक्रमणको प्रयास गर्ने जो कसैलाई कारबाही हुने चेतावनी दिएको छ । सोमबार विज्ञप्ति जारी गरी गृहमन्त्रालयले निर्धारित कानूनी विधि र प्रक्रियाभन्दा बाहिर गएर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई कारबाही गर्ने जनाएको हो ।

‘निर्धारित कानूनी विधि र प्रकृयाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानूनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘साथै कसैको बहकाउमा परी यस किसिमको गैरकानूनी कार्यमा संलग्न नहुन सबैमा नेपाल सरकार अनुरोध गर्दछ ।’

साथै विज्ञप्तिमा आवासको हक‚ भूमिहीन दलितको हक र राज्यको नीतिमा उल्लिखित भूमिहीन सुकुम्बासीहरूको पहिचान गरी बसोबार र जीविकोपार्जनका लागि कृषियोग्य जमिन व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हिजो (आइतबार) रुपन्देहीस्थिति मोतिपुर औद्योगिक क्षेत्र अतिक्रमण गरेर बसेका सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो भने ३० भन्दा धेरै मानिस घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *