अनु सिंहको ‘तिमी कहिले मेरी हुने’ सार्वजनिक

काठमाडौँ । अनु सिंहको गीत ‘तिमी कहिले मेरी’ हुने सार्वजनिक भएको छ । गीतमा अनुलाई प्रमोद खरेलले स्वरमा साथ दिएका छन् । सेवकले लेखेको गीतमा पुस्तक प्रसादको संगीत छ । संगीत संयोजन भने आमोश तामाङले सम्हालेका छन् ।

प्रिन्स डेनियलले निर्देशन गरेको भिडिओमा प्रदीप बास्तोला, जयन्ती मोक्तान, रिया सुन्दास र ड जोकर क्रूले अभिनय गरेका छन् । विष्णु सेवाले खिचेको भिडिओ विजयराज भुर्तेलले सम्पादन गरेका हुन् ।

अनु भारतीय नागरिक हुन् । यो गीतभन्दा पहिला उनले राजाको हात्ती गीतमा स्वर दिएकी छन् ।  वाराणसीबाट उनले म्युजिक डिग्री लिएकी हुन् । अब नेपाली म्युजिकमै निरन्तर लाग्ने सोच बनाएकी उनी हाल काठमाडौँमै छिन् ।

पहिलो गीतमा उनले दिनेश गौतमसँग सहकार्य गरेकी थिइन् भने यो गीतमा उनलाई प्रमोदले साथ दिएका छन् । उनले ‘माया बस्छ कि के हो’ चलचित्रका लागि गीत गएकी छन् भने केही भजन र गीत रेकर्डको तयारीमा छ । उनले करिब एक दर्जन गीत रेकर्ड गरेकोमा केही बजारमा आइसके केही आउने क्रममा छन् । भविष्यमा नेपाली गीत संगीतमै रहने उनको सोच छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *