जगदीश र रिताको ‘खुसीको पल’ सार्वजनिक

काठमाडौँ । जगदीश समाल र रिता केसीको स्वरमा रहेको ‘खुसीका पल’ गीत सार्वजनिक गरिएको छ । भिडिओमा उषा उप्रेतीसँग कमल साउदले रोमान्स गरेका छन् ।

दीपक शर्माको शब्द रहेको गीतमा शङ्कर थापा स्माइलले संगीत भरेका छन् । सुब्रत राज आचार्यको निर्देशनमा निर्माण गरिएको उक्त भिडिओमा साइब्रत राज आचार्यले सह निर्देशन गरेका छन् भने जया शर्माले क्रिएटिभ पाटो हेरेकी छन् ।

भिडिओलाई उत्सव दाहालले खिचेका छन् भने बिजेश पौडेलले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *