लुम्बिनी प्रदेश : नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार (आज) प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण गर्ने मन्त्रीहरूमा कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री बनेका पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षणमन्त्री बनेका बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री बनेका रुपन्देहीका वसिउद्दिन खाँ रहेका छन् ।

यसैगरी माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री बनेका दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्माले पनि शपथ ग्रहण गरेका छन् ।

यसैगरी कांग्रेसबाटै ऊर्जा, जलस्रोत तथा सिचाईं राज्यमन्त्री बनेका अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले शपथ ग्रहण गर्दा माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वलीले पनि शपथ लिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *