आईपीएल-२०२१

चेन्नई र दिल्ली कुन टीम पुग्ला फाइनल ?

काठमाडौँ । आईपीएल-२०२१ अन्तर्गत प्लेअफचरणका खेल आजबाट सुरू हुँदैछन् । आइतबार हुने पहिलो क्वालिफायरमा तीन पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले साविक फाइनलिस्ट दिल्ली क्यापिटल्ससँग खेल्नेछ । यो खेल जित्ने टीम फाइनल पुग्नेछ । पराजित हुने टीमले दोस्रो क्वालिफायरमा अवसर पाउने छ ।

दोस्रो क्वालिफायरमा बेंग्लोर र कोलकाताबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले लिग चरणमा दोस्रो स्थानमा थियो । पछिल्ला केही खेलमा खराव प्रदर्शनका कारण चेन्नई दबाबमा छ । पछिल्ला तीन खेलमा चेन्नई राजस्थान, दिल्ली र पञ्जावसँग पराजित भएको थियो । दिल्लीसँग भने चेन्नई पछिल्लो चारखेलमा लगातार पराजित छ । दिल्ली पनि लिगचरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग पराजित भएको थियो ।

यद्धपि दिल्ली राम्रो लयमा रहेकाले खेलमा कडा टक्कर हुनेछ । दिल्लीले पछिल्लो केही खेलमा तीन विदेशी खेलाडीको साथमा प्रदर्शन गरेको छ । मार्कस स्टोइनिसको फिटनेसमा अझै शंका कायमै छ । उनी फिट भएमा भने टीममा रहनेछन् । यस्तो अबस्थामा उनले रिपल पटेलको स्थानमा प्लेइङ ११ मा स्थान बनाउनेछन् ।

चेन्नईका लागि भने जारी सिजन सुरेश रैना फ्लप साबित भएका छन्। चेन्नले उनको स्थानमा पछिल्लो दुई खेलमा रोबिन उथप्पालाई मैदानमा उतारेको थियो । यद्यपि उनी पनि प्रभावकारी भएनन् । त्यसैले आजको खेलमा कस्ले प्लेइङ ११ मा स्थान बनाउँछन् त्यो प्रतिक्षाका रुपमा रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *