नेपालले किन बोलाए आफ्नो दलका मन्त्रीहरूलाई ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलका मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् । आइतबार (आज) बिहान ११ बजे बानेश्वरको आलोकनगरस्थित पार्टी कार्यालयमा छलफल गर्नेगरी अध्यक्ष नेपालले बोलाएको स्वास्थ्यराज्यमन्त्री भवानीप्रसाद खापुङले जानकारी दिए ।

अध्यक्ष नेपालले कमसेकम आफ्नो दलको तर्फबाट मन्त्री बनेकाहरूले जनताले आलोचना गर्ने काम नगरून् भन्ने चाहन्छन् । यसपछि मन्त्रीहरूलाई जनपक्षीय काम गर्न निर्देशन दिन बोलाएका हुन् ।

एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा गलत काम गरेको खण्डमा मन्त्रीबाट हटाइने नेपालको भनाइ थियो । त्यसमा थप निर्देशन अध्यक्ष नेपालले मन्त्रीहरूलाई बोलाएका हुन् ।

एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्यमन्त्री, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ श्रममन्त्री र प्रेमबहादुर आले पर्यटनमन्त्री बनेका छन् । यस्तै स्वास्थ्यराज्यमन्त्री भवानीप्रसाद खापुङ बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *