बालुवाटार पुगेर मन्त्री हमालले बुझाए राजीनामा पत्र

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् ।

मन्त्रिपरिषद्‌मा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’मा उनलाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएको थियो । आफूले स्वविवेक प्रयोग गरेको र विवादमा फस्न नचाहेकाले राजीनामा दिएको हमालको भनाई छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन् ।

विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए । उनी प्रधान न्यायाधीश राणाका जेठान हुन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *