दीपेन्द्रको ‘चिसो मान्छे’ वैशाख ३० मा

काठमाडौँ । चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति ताेकिएकाे छ । दीपेन्द्र के खनालको छायाङ्कन, लेखन तथा निर्देशनमा रहेको चलचित्रकाे आगामी  वैशाख ३० गते प्रदर्शन मिति ताेकिएकाे हो । निर्माण टिमले प्रदर्शन मिति सहितको पोस्टर सार्वजनिक गरेको छ ।

यस अघि भदौ ११ गते प्रदर्शन मिति ताेकिए पिन कोरोना महामारीका कारण चलचित्रिर लिज हुन सकेको थिएन । चलचित्रमा अर्पण थापा र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

चलचित्रमा देशभक्त खनाल, अशान्त शर्मा, झकेन बिसी लगायतका कलाकारको समेत अभिनय रहेको छ । सुभाष भुसालको सङ्गीत रहेको चलचित्रको कुनै पनि सिन घाममा खिचिएको छैन । काठमाडौँ उपत्यकाभित्र चलचित्र वितरणको जिम्मा जीजीए ग्रुपले पाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *