कार्तिक दोस्रो साताबाट ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने

काठमाडौँ । विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ नेपाल भित्रिएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी कार्तिक दोस्रो साताबाट हरेक शुक्रवार र शनिवार बेलुकी ८ बजे हिमालय टेलिभिजनमा ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने जानकारी गराइएको छ ।

प्रि अडिसन चलिरहेको शोमा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ वर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन् ।

‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *