आइपिएलको प्लेअफ समिकरण पूरा

साविक विजेता मुम्बई लिग चरणबाटै बाहिरियो

काठमाडाैँ । इन्डियन प्रिमियर लिगको जारी संस्करणको प्लेअफ समिकरण पूरा भएको छ । शुक्रबार भएको अन्तिम खेलमा मुम्बईले सनराइजर्स हैदराबाद माथि ४२ रनको जित निकालेपनि प्लेअफ यात्रा तय गर्न सकेन । उसले लिगमा कोलकता समान १४ अङ्क बनाएपनि नेट रनरेटमा पछि रहँदै प्रतियोगिताबाट बाहिरियो ।

मुम्बईले २३५ रनको विशाल स्कोर तयार गरेको थियो। उसका लागि इशान किशनले ३२ बलमा ८४ रन तथा सूर्यकुमार यादवले ४० बलमा ८२ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । जवाफमा हैदराबाद २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनाउन सफल भएको थियो । यो खेलमा कप्तान गरिरहेका मनिष पाण्डेले सर्वाधिक ६९ रनको अविजित इनिङ खेल्दा हैदराबादले १९३ रन बनायो । यद्धपि उसले विशाल लक्ष्य पुरा गर्ने भने सकेन । मुम्बईलाई प्लेअफमा पुग्नका लागि कम्तीमा यो खेल १७१ रनले जित्नु पर्ने थियो ।

त्यस्तै शुक्रबारनै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई पराजित गर्‍यो । दिल्लीले अन्तिम बलमा लक्ष्य पुरा गर्दै ७ विकेटको जित निकाल्यो । खेलमा अन्तिम बलमा आरसिबीलाई ५ रन चाहिएको थियो । जहाँ श्रीकर भरतले छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका थिए ।

जितका बाबजुत चेन्नई समान १६ अंकका बाबजुत बैंगलोर तेस्रो स्थानमा रह्यो । अब उसले एलिमिनेटर राउन्डमा कोलकताको सामना गर्ने छ । जित्ने टिम क्वालिफायरमा पुग्ने छ । चेन्नइ र दिल्ली बिच पहिलो क्वालिफायर हुने छ । जित्ने टिमले फाइनलमा स्थान बनाउँदा पराजित हुने टिमले कोलकता र बैंगलोर बिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *