बालोन डी ओरको प्रारम्भिक मनोनयन सार्वजनिक

काठमाडाैँ । विश्व फुटबलको चर्चित अवार्ड बालोन डी ओर को लागि ३० खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष उत्कृष्ट खेलाडीलाई प्रदान गरिने यो अवार्ड प्रतिष्ठित अवार्का रूपमा रहेको छ ।

फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो । सूचीमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनी स्टार लियोनल मेसी,  क्रिस्टियानो रोनाल्डो,  केलिएन एमबाप्पे,  नेयमार,  रोबर्ट लेवान्डोस्की,  लगायत खेलाडीले स्थान बनाएका छन् ।

२९ नोभेम्बरमा मनोनयनमा परेका मध्येबाट एक जनालाई अवार्ड प्रदान गरिने छ। खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरूको भोटको आधारमा विजेता घोषणा हुनेछ । यो अवार्ड सर्वाधिक जित्ने खेलाडी लियोनेल मेसी हुन् । केही वर्षअघि सम्म फिफाको सहकार्यमा हुने यो अवार्ड पछिल्लो समय भने फ्रेन्च फुटबलले सहयोग रहेन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *