जर्सिङपौवामा बन्ने भयो जिप लाइन

काठमाडौँ । राजधानीको पर्यटकीय गन्तव्य जर्सिङपौवामा ८ करोड लागतमा जीपलाइन सञ्चालनमा आउने भएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुटदेखि जर्सिङपौवासम्म २ हजार ८ सय मिटर लामो जीपलाइन बनाउन शिलान्यास गरिएको हो ।

नर्सिङपौवा जीपलाइन प्रालीका सञ्चालक नवीन हुमागाईँका अनुसार अबको ६ महिनाभित्र सेवा सञ्चालनमा आउने छ । जीपलाइनले मणिचुट धार्मिक र जर्सिङपौवा रमणीय क्षेत्रमा पर्यटक भित्र्याउन मद्दत गर्ने शंखारापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले बताए ।

मणिचुडमा शान्ति पार्क र ६५ फिट आग्लो बुद्धको मूर्तिको निर्माण भइरहेको छ भने धार्मिक कुण्ड रहेको छ । निर्माणको काम ओम क्वालिटी फाइबर ग्लास एण्ड ग्रिल मेटल इन्ड्रस्ट्रिज प्रालिले गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *