मन्त्रिपरिषद् : खाँणलाई दोस्रो वरीयता

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा बालकृष्ण खाँणले दोस्रो वरीयता पाएका छन् । गृह मन्त्रालयको जिम्मेवारीमा रहेका खाँणलाई दोस्रो वरीयता दिइएको हो ।

प्रधान मन्त्री देउवाले उपप्रधानमन्त्री बनाएका छैनन् । यसो हुँदा दोस्रो वरीयता खाँणले पाएका हुन् । खाँण कांग्रेस प्रमुख सचेतकसमेत हुन् ।

शुक्रबार (आज) सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनःगठन गरेका छन् ।

मन्त्रीहरूले केहीबरेमा शपथ ग्रहण गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *