राजस्थानमाथि कोलकत्ताकाे फराकिलो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा कोलकत्ताले दिएको १७२ रनको लक्ष्य पछाएको राजस्थानले १६.१ ओभरमा ८५ रन मात्र बनाएपछि कोलकत्ता ८६ रनले विजयी भएको हो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

यो जितपछि कोलकत्ता नाइटराइडर्सले लगभग प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । कोलकत्ताको १४ खेलमा १४ अङ्क भएको छ । त्यस्तै अब लिग चरणको अन्तिम खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल आज हुने छ ।

मुम्बई प्लेअफमा पुग्न फराकिलो अन्तरले जित हासिल गर्नु पर्ने भएकाले असम्भव जस्तै देखिएको छ । अहिले कोलकत्ताको रनरेट ०.५८ रहेको छ भने मुम्बईको -०.०४८ रहेको छ । यस अवस्थामा मुम्बईले पहिला ब्याटिङ गरेर हैदरावादलाई १७१ रनको अन्तरले हराएमा मात्र कोलकत्तालाई रनरेटमा जित्ने अवस्था देखिन्छ । हैदरावादले पहिला ब्याटिङ गरेमा भने मुम्बईको प्लेअफको सम्भावना सकिने छ ।

आइपिएलमा दिल्ली, चेन्नई र रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफमा पुगिसकेका छन् भने हैदरावाद, राजस्थान रोयल्स र पञ्जाब किंग्स प्रतियोगिताबाट आउट भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *