सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौँ । प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक चलिरहेको छ । दलहरू मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । भ्याएसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरूको तयारी छ ।

यद्यपि माओवादी केन्द्रबाहेकका दलहरूले मन्त्रीहरूको नाम नै टुङ्ग्याउन सकेका छैनन् । यसकारण पनि मन्त्रिपरिषद् विस्तारमा विलम्ब भइरहेको छ । यद्यपि अहिलेको बैठकबाट टुङ्ग्याउनेगरी छलफल भइरहेको बताइएको छ ।

बालुवाटारमा प्रधान मन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *