शुभ जन्मोत्सव अभिजित सावन्त

एजेन्सी । सन् २००४ मा पहिलो इन्डियन आइडल बनेका गायक अभिजित सावन्त हाल ‘गुमनाम’ जिन्दगी बिताइरहेका छन् । रियालिटी शो मार्फत रातारात प्रसिद्धि कमाएका अभिजित अझै पनि बलिउडमा आफ्नो स्थान जमाउन सङ्घर्ष नै गरिरहेका छन् ।

आज उनको जन्मदिन ।

अभिजितको जन्म मुम्बईमा भएको हो । २००४ मा उनले इन्डियन आइडलमा अडिसन दिए । अडिसनमा छानिएका उनको सुरिलो आवाजलाई सबैले मन पराए । उनी वेस्ट बङ्गालका अमित सानालाई हराउँदै पहिलो इन्डियन आइडल बन्न सफल भए । यसरी रातारात स्टार बनेका अभिजितको स्टारडम भने लामो समय चल्न सकेन ।

जितलगत्तै पहिलो एल्बम
आइडल बन्नासाथ उनले आफ्नो पहिलो सोलो एल्बम ‘आपका अभिजित’ सार्वजनिक गरे । एल्बम खासै नचले पनि एउटा गीत ‘मोहब्बतेँ लुटाउङ्गा’ ले राम्रो चर्चा पायो । त्यसपछि उनले दोस्रो एल्बम ‘जुनुन अभिजित सावन्त’ सार्वजनिक गरे । यस एल्बमको शीर्ष गीत नै हिट भयो ।

नृत्य र अभिनयमा असफलता
अभिजितले आफ्नी श्रीमतीसँग मिलेर डान्स रियालिटी शो ‘नच बलिए’को सिजन चारमा सहभागिता जनाए । यो शोमा यी दुई जजका त प्रिय थिए‚ तर दर्शकले भने यी दुईलाई खासै मन पराएनन् । त्यसपछि अभिजितले एक सुपर फ्लप चलचित्र ‘लटरी’मार्फत अभिनयमा हात हाले । उनलाई यहाँ पनि सोचे झैँ सफलता मिलेन ।

इन्डियन आइडलमाथि आरोप
इन्डियन आइडलबाटै चर्चित अभिजितले यही शोको विषयमा गरेको टिप्पणीले गर्दा विवाद खेप्नुपर्‍यो । उनले दुःख र आँसुका कथा बेचेर रियालिटी शोले क्षमतामा ध्यान दिन कम गरेको बताएका थिए ।

‘दर्शकलाई प्रतियोगीको गायनमा रुची हुने गायन क्षमता हेर्न चाहे पनि आयोजकले भने दुःख भरिएको कहानी सुनाएर भावनात्मक सहानुभूतिको अपेक्षा गर्छन्’, उनले बताएका थिए ।

यही क्रममा उनले शोको समय याद गरेका थिए । एक पटक उनले स्टेजमा गीत को शब्द नै भुलेका थिए । तर जजहरूले उनलाई एक अवसर दिएका थिए । सोही अवसरको सदुपयोग गर्दै उनले उपाधी हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *