नवाजुद्दीनको अलौकिक चलचित्र ‘अद्भुत’को टिजर सार्वजनिक

एजेन्सी । निर्देशक सब्बीर खानको अलौकिक चलचित्र ‘अद्भुत’लाई लिएर भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकी चर्चामा थिए । टिमले चलचित्रको पहिलो टिजर समेत सार्वजनिक गर्दै चलचित्रको औपचारिक घोषणा गरेको छ ।

नवाजुद्दीनले टिजर सामाजिक सञ्जालमा सेयर गर्दै केही लेखेका छन् । उनले लेखेका छन्, ‘चलचित्र ‘अद्भुत’ को यात्रा सुरु । निर्देशक सब्बीरको साथ यस प्रकारको पात्रको खोजी गर्न पाउनु मेरा लागि एक रमाइलो हुनेछ ।’

नवाजुद्दीनसँगै चलचित्रमा डायना पेन्टी, रोहन मेहरा र श्रेया धनवन्तरीको समेत मुख्य भूमिका रहेको छ । चलचित्रको छायाङ्कन यसै महिना सुरु भएको छ । चलचित्रमा सब्बीरकै स्क्रिप्ट रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *