सही र गलत सूचना छुट्याउन नसक्दा तनाव

काठमाडौँ । सही र गलत सूचना छुट्याउन नसक्दा १५ देखि २४ वर्ष उमेर समूहका युवती र किशोरीहरूलाई समस्या हुने गरेको पाइएको छ ।

विश्वका २६ देशमा गरिएको सर्वेक्षणमा सहभागी झण्डै ५८ प्रतिशत युवती र किशोरीलाई सूचना सही हो कि गलत भनेर छुट्याउन नसक्दा समस्या भएको पाइएको हो ।

प्लान इन्टरनेसनलले विश्वव्यापी रुपमा मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा हरेक ७ जनामध्ये ४ जना महिला र किशोरीले कुन तथ्य र सूचना सही र कुन गलत हो भनेर छुट्याउन नसकेको बताएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘द ट्रुथ ग्याप’ नाम दिइएको उक्त सर्वेक्षणमा गलत सूचना र त्यसले पारेको असरबारे २६ देशका २६ हजार युवती र किशोरी सहभागी रहेको प्लान इन्टरनेसनल नेपालकी अभियान विशेषज्ञ सृजना बज्राचार्यले जानकारी दिइन् ।

सर्वेक्षणमा ९१ प्रतिशत युवती र किशोरीले अनलाइन माध्यमबाट गलत र झुटो सूचना प्रवाहले पार्ने असरबारे चासो रहेको बताएका थिए ।

त्यसमध्ये ४६ प्रतिशत महिला र किशोरीले सामाजिक सञ्जाल र अनलाइन माध्यमले प्रवाह गरेको गलत सूचनाका कारण आफूहरू दुःखी र तनावग्रस्त हुनुका साथै मानसिक समस्यासमेत भोग्नुपरेको बताएका थिए । त्यस्तै गलत सूचनाका कारण २५ प्रतिशत महिला र किशोरीले ​आत्मविश्वास कम हुने बताएका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये सबैले एउटा मात्र अनलाइन वा सामाजिक सञ्जालमा आउने सूचनालाई आधिकारिक मान्न नसकिने बताएका थिए ।

प्रतिवेदनमा सही र सत्य सूचनाको हकबाट वञ्चित नगर्न सरकार, गैरसरकारी संस्था, अनलाइन प्ल्याटफर्म, सञ्चार माध्यमलगायतको भूमिका रहने र त्यसले मात्र आपराधिक क्रियाकलाप घटाउन सक्ने सुझाव दिइएको छ ।

प्रतिवेदन:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *