प्रथम कालभैरव खुल्ला जुनियर उसु प्रतियोगिता आजदेखि

काठमाडौँ । प्रथम कालभैरव खुल्ला जुनियर उसु प्रतियोगिता आजदेखि सुरु भएको छ । आज र भोलि दशरथ रङ्गशालास्थित मिनी कभर्डहलमा कालभैरव उसु क्वानको आयोजनामा प्रथम कालभैरव खुल्ला जुनियर उसु प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरूको सहभागिता रहने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सान्सौमा २० र थाउलोमा १८ गरी जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक अमर पुलामी मगरले बताएका छन् ।

कोभिड-१९ का कारण लामो समय उसुका कुनै प्रतियोगिता नभएकोले उसु खेलसँग आवद्ध व्यक्तित्वहरू मिलेर यो प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 4 =