भारतीय अभिनेता अनुपम खेर पशुपतिनाथमा
२०७८ असोज १९ गते

काठमाडौँ । भारतीय अभिनेता अनुपम खेर पशुपतिनाथ मन्दिर पुगेका छन् । चलचित्र ‘उचाइ’ को छायाङ्कनका लागि नेपाल आएका उनी आज पशुपतिनाथ दर्शनका लागि पुगेका थिए ।
धेरैको सपना रहने स्थानमा पुगेकोमा उनी खुसी देखिएका छन् । साथै आफू पवित्र स्थल पुगेको समयमा सबैको तर्फबाट भगवान्लाई पूजा गरेकोसमेत बताएका छन् । उनको भिडिओ सामाजिक संजालमा भाइरल भएको छ ।
चलचित्र छायाङ्कनका लागि नेपाल आएका उनी लगायत बोमन इरानी, परिणिती चोपडालगायत होटेल हायातमा बसिरहेका छन् । उनीहरू छायाङ्कनका लागि हिमाली क्षेत्रमा जाने र करिब एक महिना नेपालमा रहने बताइएको छ ।
२०७८ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित








