पाकिस्तानका कप्तान आजमले बनाए रेकर्ड

काठमाडाैँ । पाकिस्तानका कप्तान बाबर आजमले टी-२० क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । उनले सर्वाधिक चाँडो टी-२० क्रिकेटमा ७ हजार रनको रेकर्ड बनाएका छन् ।

उनले पाकिस्तानको घरेलु प्रतियोगिता टी-२० सेन्ट्रल पञ्जाबबाट खेल्दै सर्नन पञ्जाब विरुद्धको खेलमा ४९ बलमा ५९ रन प्रहार गरेका थिए । उनले आफ्नो इनिङमा ५ चौका र २ छक्का प्रहार गरे ।

आजमले आप्नो इनिङमा २५ रन बनाउने बित्तिकै वेस्ट इन्डिजका स्टार क्रिस गेल तथा भारतीय कप्तान विराट कोहलीलाई पछि छाडेका हुन् । आजमले १८७ इनिङमा ७ हजार रन पूरा गरेका हुन् । जबकि क्रिस गेलले १९२ इनिङमा तथा विराट कोहलीले २१२ इनिङमा ७ हजार रन पूरा गरेका थिए ।

६५ पटक ५० भन्दा बढी रनको इनिङ
बाबर आजमले टी-२० मा १९६ खेलको १८७ इनिङमा ६ शतक र ५९ अर्धशतक प्रहार गरेका छन् । उनले ६५ पटक ५० भन्दा धेरै रनको इनिङ खेले । उनको एक इनिङमा सर्वाधिक १२२ रन सम्म प्रहार गरेका छन् ।

उनले ६१ अन्तर्राष्ट्रिय टी-२० मा ५६ इनिङमा ४७ को औसतमा २२०४ रन बनाए । त्यस्तै अन्त्राष्ट्रिय इनिङमा १ शतक र २० अर्धशतक प्रहार गरेका छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटका तीनै फर्म्याट (टी-२०, एकदिवसीय, टेस्ट)मा शतक बनाउने खेलाडी समेत हुन् । भारतीय कप्तान कोहली भने टी-२० मा शतक बनाउन असफल रहँदै आएका छन् ।

३० खेलाडीले बनाए ७ हजार भन्दा धेरै रन
टी-२० मा अहिलेसम्म ३० खेलाडीले ७ हजार भन्दा धेरै रन बनाएका छन् । जसमा ५ खेलाडीले १० हजार भन्दा धेरै रन बनाइसकेका छन् ।  वेस्टइन्डिजका स्टार क्रिस गेलले १४२७६ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् ।

गेल बाहेक वेस्टइन्डिजकै किरन पोलार्ड, पाकिस्तानका शोएब मलि, अस्ट्रेलियाका डेभिड वार्नर तथा भारतका विराट कोहलीले १० हजार रनको कोसेढुंगा पुरा गरेका छन् ।

पाकिस्तानका लागि तीन खेलाडीले ७ हजार भन्दा धेरै रन बनाएका छन् । जसमा बाबर तथा मलिक बाहेक मोहम्म्द हफिजको नाम रहेको छ । हफिजले ७३१४ रन बनाएका छन् । भारतका ४ खेलाडी यो सूचिमा छन्। जसमा कोहली बाहेक रोहित शर्मा, सुरेश रैना र शिखर धवन रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nine =