गायक कसुरको ‘अलायम’ बजारमा (भिडिओसहित)

काठमाडौँ । गायक केशव कसुरको ‘अलायम’ गीत सार्वजनिक भएको छ । गीतमा गायक कसुरलाई लोकप्रिय गायिका अञ्जु पन्तले साथ दिएकी छन् । साहित्यकार सुवास सङ्गम राईको शब्दमा बनेको गीतमा अनिल कोयी राईको सङ्गीत संयोजन रहेको छ ।

किङ्ग स्टूडियोमा सुरेश राईले रेकर्ड गरेको गीत राजु कार्कीको मिक्स् मास्टरिङ्गमा बनेको हो । गीतले किराँती सभ्यता र मिथकअनुसारको आशीर्वादले ‘प्रेम’ भएको कुरा गरेको छ ।

गीतको भिडिओसमेत राम्रो बनेको प्रतिक्रिया दर्शकहरूले दिएको गायक कसुरले बताए । गीतको भिडिओमा उमेश राई उर्फ फुलन्देकी आमा, अनुशा राई, श्याम राई र कृष्टि राई फिचर्ड छन् ।

अनिल कोयी राईले नै निर्देशन गरेको भिडिओमा कमल राईको कोरियोग्राफी छ भने रमेश पराजुलीले क्यामेराको काम गरेका छन् । लिम्दुमी क्रिएसनमार्फत सार्वजनिक गरिएको भिडिओ अमृत चापागाईंले इडिट गरेका छन् ।

गायक कसुरले यसअघि नै वर्षौँ बित्यो विछोड भै, ग्रीन सिग्नललगायतका गीतहरू बजारमा ल्याइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *