लागु औषध केसमा शाहरुखका छोरा गिरफ्तार
२०७८ असोज १८ गते

एजेन्सी । बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खानलाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । आर्यनलाई शनिबार साँझ मुम्बईबाट गोवा जाँदै गर्दा पक्राउ गरेर हिरासतमा लिएको थियो ।
उनीहरूसँग ठुलो मात्रामा लागुऔषध रहेको र प्रहरीले बरामद समेत गरेको छ‚ जसको मूल्य करोडौँ रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
यसअघि सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड अभिनेत्री सारा अलि खानको नाम लागु औषध मुद्दामा जोडिएको थियो । अभिनेत्रीलाई एनसीबीले सोधपुछका लागि बोलाएको पनि थियो, उनले सुशान्तले लागुऔषध सेवन गर्ने गरेको खुलासा गरेकी थिइन् । प्रमाणको अभावमा उनलाई फेरि भने बोलाइएको थिएन ।
त्यस्तै भारती सिंह र उनका पतिको नाम समेत लागुऔषध केसमा जोडिएको थियो ।
२०७८ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








