दिनेश र अनुको ‘राजाको हात्ती’ सार्वजनिक
२०७८ असोज १८ गते

काठमाडौँ । गीत ‘राजाको हात्ती’ सार्वजनिक भएको छ । विदुर तिम्सिना ‘देवदूत’ ले लेखेका शब्दले अधिकांश नेपालीको बिदेसिनुको पीडा बोल्छ । गीतका शब्द तथा भिडिओले विदेश रहर हैन बाध्यता हो र बिदेसिएका व्यक्ति र उनका परिवार पल पल मारेर बाचेका हुन्छन् भन्ने दर्साउँछ ।
गीतमा दिनेश गौतम र अनु सिंहको स्वर छ । संगीत संयोजन पुस्तक प्रसादले गरेका हुन् । भिडिओमा बुलबुल फेम्ड अभिनेता मुकुन भुसाल सँगै शारदा गिरी, सृष्टि खड्का, लोकमणि सापकोटा र रचना लामिछाने फिचर्ड छन् ।
नन्दा अधिकारीको शृङ्गार रहेको भिडिओको छायांकन उत्सव दाहालले गरेका छन् । भिडिओ निर्देशन प्रिन्स डेनियलले गरेका हुन् ।
https://www.youtube.com/watch?v=Tjl7uQzNjQE
२०७८ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








