मन्त्रिपरिषद्‍मा मैले भाग खोजेको कुरा सत्य होइन : प्रधान न्यायाधीश

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले ‘मन्त्रिपरिषद्‍मा भाग खोजेको’ भनेर आएको समाचारमा कुनै सत्यता नभएको बताएका छन् । सोमबार (आज) बिहान प्रधान न्यायाधीश जबरालाई भेट्न पुगेको बार अध्यक्ष पूर्णमान शाक्यसहितको टोलीसँग उनले यस्तो बताएका हुन् ।

समाचारमा ‘जोक’ भइरहेको प्रधान न्यायाधीश जबराले प्रतिक्रिया दिएका थिए । ‘बाहिर जे आयो त्यसमा कुनै सत्यता छैन,’ प्रधान न्यायाधीश जबरालाई उद्धृत गर्दै पूर्णमान शाक्यले भने, ‘मैले मन्त्रिपरिषद्‍मा भाग खोजेको कुरा झुटो हो ।’

आफूसहितको बार पदाधिकारीले ‘भाग खोज्नुभएको हो ?’ भनेर जिज्ञासा राखेको र प्रधान न्यायाधीश जबराले ‘सबै झुटो हो’ भनेर जवाफ दिएको शाक्यले बताए । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्‍मा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार बाहिरिएपछि न्याय र राजनीतिक क्षेत्र तरङ्गित भएको छ ।

प्रधान न्यायाधीश जबराले केहीबेरमा विज्ञप्ति जारी गर्दैछन् । आफूहरूको आग्रहमा उनले विज्ञप्ति जारी गर्न लागेको शाक्यले बताए । ‘होइन भनेपछि हामीले उसोभए खण्डन गर्नुस् भनेर आग्रह गर्यौँ । केहीबेरमा विज्ञप्ति निकाल्दै हुनुहुन्छ,’ शाक्यले भने ।

राजनीतिक विश्लेषक हरि रोका भने प्रधान न्यायाधीशले पनि मन्त्रिपरिषद्‍मा भाग खोज्नुलाई असंवैधानिक भएको औंल्याउँछन् । विश्लेषक रोकाले भने, ‘यो संविधानको खिलाफमा हुन्छ । यो हुन नहुने कुरा हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *