तिहारमा राजेन्द्र र धिरेनको ‘चोर र पुलिस’ (टिजरसहित)

काठमाडौँ । चलचित्र ‘चोर र पुलिस’को टिजर सार्वजनिक भएको छ । कार्तिक १७ गतेदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्रमा आर एल मोक्तानको निर्देशन छ ।

चलचित्रमा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिशन बस्नेत, रवि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय, सुलेमान शङ्कर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मि भट्ट, रेसम फिरिरि, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई (भाले डन) लगायतले अभिनय गरेका छन् ।

चलचित्र निर्माता आर सोनाम मोक्तान र लङ्का माया मोक्तान छन् । करणबहादुर विष्ट सह निर्माता रहेको चलचित्रको प्रस्तुत कर्ता खड्क लामा मोक्तान हुन् भने जीवन लामा कार्यकारी निर्माता रहेका छन् ।

रामेश्वर हुमागाईँको छायाङ्कन, विकास चौधरीको संगीत रहेको चलचित्रमा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *