‘रत्नपार्क’मा देखिँदै भिटेन

काठमाडौँ । चर्चित र्‍यापर समीर घिसिङ ‘भिटेन’ चलचित्रमा देखिने भएका छन् । उनले हालै चलचित्र ‘रत्नपार्क’ साइन गरेका छन् ।

बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको चलचित्रमा भिटेन अनुबन्धित भएको बुढा सुब्बाका सञ्चालक नवराज गिरीले बताए । चलचित्र ओटीटी प्लेटफर्म, चलचित्र हल र टेलिभिजनमा रिलिज हुनेछ ।

भिटेन ‘चुरोट’ नामक गीतबाट चर्चामा आएका थिए । उनले बैनी, लफङ्गा, हालखबर, कथा लगायत गीत गाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *