फक्सवागन एसयूभी टाइगुन सार्वजनिक, मूल्य कति ?

काठमाडौँ । बहुप्रतिक्षित फक्सवागन टाइगुन एसयूभी सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनलले आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त गाडी सार्वजनिक गरेको हो ।

नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरे । नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभीमध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । एसयूभी ‘टाइगुन’ लन्च भए पश्चात अब कम्पनीले मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ ।

यसको सुरुवाती भेरिएन्ट कम्फर्ट लाइनको मूल्य सिमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ  तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाई लाइनको मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *